|

काठमाडौं :  नेकपा एमालेको तर्फबाट काठमाडौं ६ का प्रतिनिधिसभा उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौं-६ नमुना बनाउने बताएका छन्। शुक्रबार बिहान वडा-२६ मा भएको मतदातासँग अन्तरक्रिया कार्यक्रममा उनले आफूले चुनाव जितेपछि जनताको शिर झुक्न नदिने बताएर

'यत्तिका समय प्रहरीमा रहेर देश र जनताको सेवा गरे, अब तपाईहरूको प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस्। प्रतिनिधिसभामा तपाईंहरूको शिर उचो बनाउने छु, यहाँका समस्या समाधानको लागि सार्थक पहल गर्नेछु',  खनालले भने।

कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार निरेश सिंहले एमालेले जनतालाई सदैव माथी राखेको र काठमाडौंको विकास केपी शर्मा ओली नेतृत्वको सरकारले उचाइमा पुर्‍याएको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.