|

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र  डिजिटल एण्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ। 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सामुदायिक शिक्षा प्रणालीलाई प्रविधिमा आधारित बनाउन डिजिटल एण्ड वियोन्डसँग सम्झौता गरिएको जानकारी दिए।

उनले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधाको सहजीकरणका लागि वियोन्डका दायित्वका विषयमा जानकारी गराइएको बताए।

उनका अनुसार आगामी २ वर्षका वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलाप गर्न प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउने सम्झौतामा उल्लेख छ। वियोन्ड गुगलको नेपाल र दक्षिण एसियाली साझेदार संस्था हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.