|

युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन जाइन्ट बौरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको छ। 

मंगलबार राति समूह ‘जी’ अन्तर्गत भएको खेलमा सिटी डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको हो। सिटीले गोलका लागि राम्रा मौका सिर्जना गरे पनि गोल गर्न सकेन। रियाद महारेजले पेनाल्टीमा गोल गर्न नसक्दा सिटी गोलरहित बराबरीमा रोकिएको हो।

पेप ग्वार्डिओला म्यानचेस्टर सिटीमा आएयता सिटीले पाएका ८० पेनाल्टीमा यो २५ पेनाल्टीमा गोल गर्न सकेको छैन्। प्रशिक्षक पेप ग्वार्डीओलाले पेनाल्टीमा सिटीको समस्या रहेको बताए। उनले भने ‘म यहाँ आएदेखि अहिलेसम्म २५ पेनाल्टी मिस भएको छ। धेरै पेनाल्टी मिस हुने सिटीको समस्या नै बनेको छ।’ 

सिटीसँगको बराबरीसँगै डर्टमुन्डले पनि नकआउचरणमा स्थान बनाएको छ। यो समूहमा सेभियाले कोपेनहेगनमाथि ३–० को जित निकाल्यो।

त्यस्तै अर्को इंग्लिस चेल्सीले समूह ‘इ’ मा साल्सबर्गमाथि २–१ को जित निकाल्दै समूहको शीर्ष स्थानमा कायम छ। जितसँगै चेल्सीले नकआउट चरणमा समेत स्थान पक्का गर्यो। चेल्सीको जितमा मटेओ कोभासिस र केइ हावर्टजले गोल गरेका थिए। 

जितसँगै चेल्सीले साल्सवर्गको घरेलु मैदानमा ४० खेलसम्मको अपराजित यात्राको अन्त गर्दिएको थियो। समूह इ मा नै भएको अर्कव खेलमा एसी मिलानले डाइनामो जाग्रेबलाई ४० ले पराजित गर्दै नकआउटचरणको आसा कायम राख्यो।्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.