|

काठमाडौं : बिहीबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। 

पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि छिटफुट बाहेक ठूलो पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई ठाउँमा हल्का वर्षा हुनेछ। देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागको मौसम सफा रहने अनुमान गरिएको महाशाखाले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.