|

काठमाडौं : धादिङ र झापामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

धादिङको गल्छी गाउँपालिका ७ मा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। धादिङको थाक्रे गाउँपालिका ११ बस्ने २५ वर्षीय सुनिल थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका थापाको उपचारका लागि अस्पताल गल्छी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । 

घाइते भएका पछाडि सवार ३४ वर्षीय रमेश लामाको सोही अस्पतालमै उपचार भइरहेको छ। काठमाडौंबाट लहान जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०७२२ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ९२ प २३ ६९ नम्बरको मोटरसाइकललाई  गएराति पौने ११ बजे ठक्कर दिएको हो। 

यता झापाको शिवसताक्षी नगरपालिका ९ मिलन चोकमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्वतर्फ जाँदै गरेको मे १ ख २३२१ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको प्र–१–०१–०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका झापाकै दमक नगरपालिका ६ का २३ वर्षीय रोनी बोसको उपचारको क्रममा मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.