|

कावासोती : पूर्वी नवलपरासीमा दुई जना मृत फेला परेका छन्।

बुलिङटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल बिहीबार आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्। 

इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। 

यस्तै गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ।

गैँडाकोट–१ का टंकनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.