|

काठमाडौं : इस्टर्न हाइड्रोपावरको आईपीओ बिहीबार बाँडफाँड हुने भएको छ । 

बिक्री प्रबन्धक एनएमबि क्यापिटलकाअनुसार बिहीबार बिहान ९ बजे आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गर्ने जनाएको छ। 

यसअघि क्यापिटलले शुक्रबार बाँडफाँड हुने बताएको थियो तर विशेष कारणवश अब बिहीबार नै गर्न लागिएको जानकारी दिएको छ ।

यो हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ। यसमा मागभन्दा २५ गुणा बढी आवेदन परेको छ। 

यो आईपीओमा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका छन्। 

जसमा ६२ हजार ३२८ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १३ लाख ३१ हजार जनाको भने हात खाली हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.