|

काठमाडौं : चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज दुई वटा सभालाई सम्बोधन गर्दैछन्।  

उनले आज विहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।  आजै दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालमा हुने सभालाई पनि देउवाले सम्बोधन गर्नेछन्। 

कात्तिक १७ गतेदेखि गृहजिल्लामा रहेका प्रधानमन्त्री देउवाले हिजो नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेका थिए।  

भोलिसम्म डडेल्धुरामा रहने देउवाले भोलि आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.