|

काठमाडौं :  यस वर्षको दशैँ झरीमै सकियो। त्यसपछिका केही दिन पनि मौसम पूर्ण रूपले खुल्न सकेन।

मनसुन सएिकसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ। आकाश नीला देखिएका छन्। टाढाका हिमाल आँखा अगाडि आएका छन्। काठमाडौं उपत्यकाबाट दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ।

अन्य हिमश्रृंखलाको दृश्य पनि कम्ति मनमोहक छैनन्। शरद ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाबाट देखिने विभिन्न हिमश्रृंखलाले उपत्यकामा बस्ने सर्वसाधारणदेखि विदेशी पर्यटकलाईसमेत लोभ्याएको छ। प्रदुषणका कारण हत्तपत्त उपत्यकावासीले पनि खुलेका आकाश र हिमाल देख्न पाउँदैनन्। उपत्यकामा प्रदूषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदूषण बढेसँगै बिस्तारै विलीन हुँदै जान्छन्।

केही दिन यता काठमाडौंको आकाश धुम्म हुँदै गइरहेको पनि छ। भारतमा पराल पोलेको प्रदुषण काठमाडौंको आकाशमा अड्किँदा त्यति खुल्न सकेको छैन। तरपनि धुवाँकै बीचमा काठमाडौंको काँठ क्षेत्र आफ्नै पनमा रमाइरहेको देख्न सकिन्छ। काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ काँठ क्षेत्रलाई।

उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ, हरियो बोटबिरुवाको आफ्नै सुन्दरता थपिएको छ। उदाउँदो घामसँगै किसानहरू खेतबारीमा काम गर्न मस्त देखिन्छन्, चराचुरुङ्गीको सुरिलो आवाजले त झन मन शान्त बनाउँछ। काठमाडौंको काँठ क्षेत्रका यी मनमोहक दृश्य प्रस्तुत गरेका छौँ।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.