|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

मंसिर ४ को चुनाव आउन १५ दिन बाँकी छँदा जसपाले शनिबार घोषणापत्र सार्वजनिक गरेको हो। 

जसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने प्रस्ताव घोषणापत्रमा गरेको छ। संघीय संसद र प्रदेशसभाहरु पूर्ण समानुपाति निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था हुनुपर्ने घोषणापत्रमा उल्लेख छ। 

‘कार्यकारी राष्ट्रपतिले समावेशी रुपमा सक्षम व्यक्तिहरुको छनौट गरी मन्त्रिपरिषद् बनाउने' जसपाले आफ्नो घोषणापत्रमा शासकीय स्वरुपबारे उल्लेख गरेको छ।

जसपाले कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ।

शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञहरू मध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था हुनुपर्ने जसपाको संकल्प छ। 

प्रदेशहरूमा पनि मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि वालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने जसपाले घोषणापत्रमा लेखेको छ।

जसपाले प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि वालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने भनेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.