|

बैतडी : वाईवाई यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीमा छनौट प्रतियोगिता सञ्चालन गरिएको छ। जिल्लामा रहेका क्लबमा रहेका यू १९ खेलाडीलाई बोलाएर छनौट प्रतियोगिता सञ्चालन गरिएको छ।

छनौट प्रतियोगितामा बैतडी ए र बैतडी बी गरेर दुई टोली बनाइएको प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिए। देहिमाण्डौँमा शुरु भएको उक्त छनौट प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ।

छनौट प्रतियोगिताको उद्घाटनमा बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लोकराज जोशी, कोषाध्यक्ष शेरसिंह खत्री, पूर्व अध्यक्ष तथा सदस्य रमेशबहादुर बोहरा, सदस्य वीरसिंह बोहरा, प्रदेश प्रशिक्षक दीपेन्द्रबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो।

उक्त छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट बैतडीको टोली घोषणा गरिनेछ। उक्त टोली सुदूरपश्चिम प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी हुनेछ।

नेपाल क्रिकेट संघको आयोजना वाईवाई यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी मंसिर ६ गतेदेखि काठमाडौंमा शुरु हुँदै छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.