|

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाब्वे भिड्दैछन्। 

अष्ट्रेलियामा जारी विश्वकप प्रतियोगिताअन्तर्गत समूह २ का पाकिस्तान र बंगलादेशबीचको खेल बिहान पौने १० बजे सुरु हुँदैछ। यो खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने लक्ष्यमा पाकिस्तान हुनेछ। 

समूहमा समान अंक जोडेको बंगलादेश पनि सेमिफाइनलकै लक्ष्यमा हुनेछ । यही समूहका भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा हुँदैछ। भारत पनि आइतबारको खेल जित्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने दाउमा हुनेछ। भारत समूह २ का चारमध्ये तीन खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ। 

अष्ट्रेलियामा भइरहेको आईसीसी टी–२० विश्वकपमा सुपर १२ अन्तर्गत ग्रुप २ को खेलमा आइतबार नै भएको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.