|

सिन्धुली : मरिण गाउँपालिका-७ ठाटी कमलेश्वर महादेब मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा सुरक्षा ड्युटी खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही गाउँपालिका-७ बस्ने २९ वर्षीय सांगे लो लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरेका उनीहरूले डिउटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गाली गलोज गर्ने, प्रहरीको हतियार खोस्ने प्रयास लगायतका अभद्र व्यवहार गरेपश्चात ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।  

घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.