|

काठमाडौं :​ इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले आफ्नो अग्रता फराकिलो पारेको छ। शनिबारको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी पराजित हुँदा आर्सनलले भने आफ्नो खेलमा जित निकाल्दै अग्रता फराकिलो बनायो।​

शनिकार भएको खेलमा आर्सनलले वल्भेसलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा ५ अंकको अंक दुरी बनायो। आर्सनलको जितमा दुबै गोल मार्टिन ओडेगार्डसको नाममा रह्यो। आर्सनलको १४ खेलबाट ३७ अंक भएको छ। शनिबारकै पहिलो खेलमा म्यानचेस्टर सिटी भने ब्रेन्टफर्टसँग २-१ ले पराजित भएको थियो।​

नुनेजको दुई गोलमा लिभरपुलको सहज जित

प्रिमियर लिग फुटबलमानै लिभरपुलले साउथह्याम्पटनलाई ३-१ ले पराजित गर्दै अंक तालिका सुधार गर्‍यो। खेलको छैटौं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको नवौं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई १-१ गोलको बराबरीमा ल्याए।

 त्यसपछि लिभरपुलले अग्रता बढायो। लिभरपुलका डार्विन नुनेजले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल थपेका थिए। जितसँगै लिभरपुलले १४ खेलमा २२ अंक जोडेको छ। लिभरपुल छैटौं स्थानमा  उक्लिएको छ।​

टोटेनह्यामको लिड्समाथि प्रतिस्पर्धात्मक जित

इंग्लिस प्रिमियर लिगमानै शीर्ष चारमा रहेको टोटेनह्यामले लिड्स युनाईटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै आफ्नो दाबेदारी कायम राख्यो।

प्रतिस्पर्धात्मक खेलमा टोटेनह्यामले खेलमा दुईपटक पछि परेको स्थिति उल्ट्याएर लिड्स युनाइटेडमाथि ४-३ को रोमाञ्चक जित निकाल्यो। घरेलु मैदानमा टोटेनहमको जितमा रोड्रिगो बेन्टनकरले दुई तथा ह्यारी केन र बेन डेभिसले समान एक-एक गोल गरे। लिड्सका रोड्रिगोले दुई तथा क्राइसेन्सियो समरभिलीले एक गोल गरे।

जितसँगै टोटेनहम १५ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा रहेको छ।

चेल्सीको लगातार तेस्रो हार

इंग्लिस प्रमियर लिगमा चेल्सीको खराब लय भने कायम रह्यो।  चेल्सीले लगातार तेस्रो हार ब्योहोर्ने क्रममा न्युक्यासलसँग स्तब्ध बन्यो।

शनिबार राति भएको खेलमा न्युक्यासलले चेल्सीलाई १-० ले पराजित गर्दा जोए विलकले गरेको एकमात्र गोल निर्णायक बन्यो। जितसँगै न्युक्यासलले भने तेस्रो स्थानमा आफालई कायम राख्न सफल भयो। चेल्सीको १४ खेबाट २१ अंकका साथ ८ औ स्थानमा छ। न्युक्यासल भने १५ खेलबाट ३० अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

त्यस्तै अन्य खेलमा बोर्नेमाउथले एभर्टनलाई ३-०  ले पराजित गर्दा नोटिङहम फरेस्टले क्रिश्टल प्यालेसलाई १-० ले हरायो। त्यस्तै लेस्टर सिटीले वेस्टह्यामलाई २-० ले पराजित गर्‍यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.