|

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका-१ नगरकोट मोड नजिक बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करको पछाडि ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको छ। दुवै सवारीसाधन र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङ, थाक्रे गाउँपालिका-५ तामेस्थित सडकमा बा.२१ च ७४६१ नम्बरको डी.आई गाडी आफैँ अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार मकवानपुर थाहा नगरपालिका-१२ बस्ने ५० वर्षीय पलमान स्याङ्तानको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्सा, छिपरमाई गाउँपालिका-२ बड्डका टोल टिउकी बस्ने अजय साहको छोरा १७ वर्षीय डब्लु साहको भारतको रखई भन्ने स्थानमा अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा सोमबार दिउँसो मृत्यु भएको छ। कामको सिलसिलामा भारत जाने क्रममा उक्त स्थानमा उनीले चलाएको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.