|

सुर्खेत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन्। देशमा राजनीतिक परिवर्तन अनुकूल र आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन्।

आज सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजानेछ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको दाबी गरे। उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिका लागि गठबन्धनको आवश्यक रहेको पनि बताए।

उनले भने, ‘गठबन्धन १५ वर्ष जानेछ र देशमा शान्तिको नयाँ युगको शुरुवात हुनेछ।’ यस्तै उनले वामपन्थीको गोलभित्र अहङ्कारी केपी ओलीको उदयले वाम गठबन्धन टुटेको बताए। उनले अब ओलीसँग सहकार्य नहुने उल्लेख गरे।

संविधानको रक्षा र गणतन्त्र संस्थागत गर्न गठबन्धनले जित्नैपर्छ : देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्नैपर्ने बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा नदिएको अधिकार प्रयोग गरेर दुईपटक संसद् विघटन गरेको उनको आरोप छ।

‘ओलीले संसद्‌लाई अंगभंग गर्न खोजे’‚ देउवाले भने, ‘हामी कुनै पनि हालतमा संसद् भंग गर्दैनौँ। संसद्लाई पूर्ण कार्यकाल राख्छौँ।’

देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन्। उनले त्यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन आग्रह पनि गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.