|

भक्तपुर :  भक्तपुरको कुण्डोलमा भिषण आगलागी हुँदा १ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। 

मध्यपुर ठिमीको कुण्डोलस्थित आत्माराम खत्री र हरिशरण खत्रीको घरमा आगलागी हुँदा आत्मारामकी २७ वर्षीय छोरी अस्मिता खत्रीको मृत्यु भक्तपुर प्रहरीले जनाएको छ। अस्मिता मानसिक रोगी भएको र हाल प्यारालाइसिसको बिरामी भएको जनाइएको छ।      

बिजुली सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्। भक्तपुर नगरपालिका र मध्यपुर नगरपालिकाका दुई वटा दमकलले आगो निभाएको  मध्यपुर नगरपालिकाकाका उप्रमुख विजयकृष्ण श्रेष्ठले जनाकारी दिए। 

इँटाले बनेको पुरानो शैलीको घर आगलागीबाट लगभग पुरै जलेको छ । अग्नि नियन्त्रक, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.