|

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन र एमाले गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुँदै छ। दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरको निर्वाचनलाई पनि चासोका साथ हेरिएको छ।

क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुनिल गोठे र नेकपा एमालेका नवराज गेलाल चुनावी मैदानमा छन् भने क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत र सत्ता गठबन्धनबाट दुर्लभ थापा उम्मेदवार छन्।

बस्नेत २०७४ सालको निर्वाचनमा निर्वाचित सांसद हुन भने थापा पहिलोपटक चुनावी मैदानमा छन्। नेपाली कांग्रेस भक्तपुरका सभापतिसमेत रहेका थापा सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन्। 

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मत परिणामअनुसार कांग्रेसको मत झण्डै २६ हजार रहेको छ भने एमालेको २४ हजार पाँच सय मत रहेको छ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीले पाँच हजार, राप्रपाले चार हजार, नेकपा एसले एक हजार र माओवादी केन्द्रको एक हजार हाराहारी मत रहेको छ।

यसरी हेर्दा सत्ता गठबन्धनको मत २८ हजार हाराहारी छ। आज हामीले सत्ता गठबन्धनका दुर्लभ थापा र नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग कुराकानी गरेका छौं। प्रस्तुत छ थापा र बस्नेतसँगको कुराकानीको सम्पादित अंश :

दुर्लभ थापा,नेपाली कांग्रेस

तपाईंको चुनावी प्रचारप्रसार अभियान कस्तो भयो?

चुनावी अभियान सामान्य ढंगले सञ्चालन भएको छ। हामी आम मतदाताहरूको माझ पुगेका छौं। मतदाताहरूको एउटै गुनासो छ– विगतमा निर्वाचित भएका सांसदहरूले अल्पायुमा संसद भंग भयो।

तपाईंहरू गठबन्धन गरेर आउनु भाछ यो गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्नहरू आइरहेका छन्। मैंले उहाँहरूसँग अहिलेको गठबन्धन पाँच वर्ष टिकाएर मुलुकको व्याप्त समस्या समाधान गरेर पाँच वर्षभित्र मुलुकलाई समृद्ध बनाउने खाका तय गरेका छौं।

ढुक्कका साथ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नुस् भनिरहेका छौं। तर, आम मतदाताहरूले यो पत्याउनु भएको छैन। किनभने २०७४ मा पनि गठबन्धन बनेको थियो।

गठबन्धनको सरकारले समृद्धि ल्याउला र ढुक्कका साथ अगाडि बढौंला भन्ने उहाँहरूको मानसिकता थियो। त्यो हुन सकेन। आम मतदाताहरूको हामी प्रति आशा र भरोसा छ। उहाँहरूले हामीलाई नजिकबाट नियालिरहनु भएको छ। मतदाताहरूको आशा र अभिमतलाई हामी कुठाराघात गर्ने छैनौँ। 

कति मतले चुनाव जित्ने आँकलन गर्नुभएको छ?

निर्वाचन एकै मतले पनि जितिन्छ। १८ हजार मतले जितेको ठाउँमा कसरी जित्छ भन्नु भएको पनि होला। हामीले २०७४ सालको निर्वाचनलाई बीचमा राखेर हेर्दै गर्दा ०७० सालको निर्वाचन पनि हेर्नुपर्ने हुन्छ।

०७० मा तेस्रो शक्ति भएको नेकपा एमाले ०७४ मा पहिलो शक्तिको रूपमा उदाएको छ। ०७९ सालमा एमालेलाई चौथो शक्तिको रूपमा पछाडि पार्नेछौं। स्थानीय तहको मतलाई आंकलन गर्दा हामी ६५०० मतले अगाडि छौं। 

विपक्षी उम्मेदवारलाई कसरी हेरिरहनु भएको छ?

उहाँबारे मेरो कुनै टिप्पणी छैन्। प्रतिनिधिसभाको सदस्य कुन कुरासँग जोडिन्छ भन्ने कुरा स्मरण गराउन चाहन्छु। प्रतिनिधिसभा सदस्य भइसकेपछि पछिल्लोपटक संविधानसभा निर्वाचन स्थानीय तहको निर्वाचन भएका कारणले विकास निर्माणसँग जोडिनु पनि आवश्यकता थियो।

तर, अहिले हामीले प्रदेश, स्थानीय सरकार मार्फत हामीले सम्बोधन गरेका छौं। विकास निर्माणका प्रक्रियाहरू स्थानीय सरकारमार्फत जोड्न चाहन्छौं। प्रतिनिधिसभाको सदस्य निर्वाचित भइसकेपछि नीति नियम, ऐन कानुन बनाउने छौं। अधिकार पनि प्रत्यायोजन गर्नेछौं र स्थानीय तहलाई अधिकार सम्पन्न गराइसकेपछि सबै विकास निर्माणलगायतका काम कारबाही स्थानीय तहमार्फत नै हुने विश्वास लिएको छु।

मेरो प्रतिस्पर्धी पार्टीसँग मेरो कुनै टिकाटिप्पणी छैन्। उहाँहरूले २०७४ सालको निर्वाचनमा भएको साझा प्रतिबद्धता कति पूरा गर्नुभयो? त्यही आधारमा टीकाटिप्पणी हुनेछ भन्ने विश्वास लिएको छु।

तपाईंले चुनाव जित्ने आधार गठबन्धन मात्रै हो कि अरू पनि छन्?

मैले चुनाव जित्ने आधार संयोग मान्नुहोला। भक्तपुरमा २०४८ सालको निर्वाचनदेखि २०७४ सालसम्म आउँदै गर्दा कुनैपनि उम्मेदवार दोहोर्‍याएर जितेको परिस्थिति छैन।

यसलाई पहिलो संयोग नै मान्नुहोस्। २०४८ सालमा नेपाली कांग्रेस, ०५१ मा मजदुर किसान पार्टीले जित्यो। ०५६ मा कांग्रेस, ०६४ मा मजदुर किसान पार्टी, ०७० मा कांग्रेस र ०७४ मा एमालेले जित्यो। योपटक हाम्रो संयोग र परम्परा साथै नयाँ अनुहार पनि भएकाले अब जित्ने पालो हाम्रो हो। 

दोस्रो विरोधी र विद्रोहका स्वरबाहेक जनताका स्वर कहिल्यै पनि सुनिएन भनेको चाहिँ नेमकिपा प्रति लक्षित थियो जो दुईपटक यहाँ जितेका थिए। मैले आफू निर्वाचित भएर गइ सकेपछि भक्तपुरका हरेक सुख दुःख हरेक समस्यालाई राष्ट्रिय राजनीतिमा व्यवस्थित ढंगले उठाएको छु।

वैज्ञानिक आधार त होइन यो तर, वैज्ञानिक आधार भनेको स्थानीय तहको मत, वाम लोकतान्त्रिक दल नेकपा माओवादी र एकीकृत समाजवादीको पनि हामीलाई साथ र समर्थन छ। त्यसमा थप कांग्रेसको १४ औं महाधिवेशन भइसकेपछि अद्भूत एकता छ।

साथै आम मतदाताको भरोसाको केन्द्र पनि हामी रहेका छौं। स्थानीय तहको सुख दुःखमा निरन्तर साथ दिइरहेका छौं, त्यो पनि जित्ने आधार हो। 

माओवादी र एकीकृत समाजवादीको पनि सबै भोट पाउँछु भन्ने विश्वास छ?

हामीभन्दा पनि सबैभन्दा बढी चिन्तित नेकपा माओवादी केन्द्रका साथीहरू हुनुहुन्छ। उहाँहरूको यो क्षेत्रबाट उम्मेदवारी पनि छैन। समाजवादीको प्रदेशको उम्मेदवारी छ। हामीभन्दा बढी खटिरहनु भएको छ। त्योभन्दा बढी चिन्ता एकीकृत समाजवादीको छँदै छ।

यसमा हामी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार छँदैछौं, कांग्रेसका साथीहरूको साथ र सहयोग रहनेछ। यसमा पूर्ण रूपमा पार्टीभित्र एकता, वाम लोकतान्त्रिक गठबन्धनभित्र पनि एकता छ। साझा उम्मेदवारको रूपमा हामी खडा भएका छौं।

त्यसकारण सबैको साथ र सहयोग मात्र होइन। यहाँका आम मतदाताको पनि साथ र सहयोग हामीलाई रहेको छ।

तपाईंले निर्वाचन जित्ने आधार के-के हुन्?

आजको घर दैलोमा तपाईंहरू हामीसङ्गै नै हुनुहुन्छ। आजकै कुरा गर्ने हो भने यहाँ गठबन्धनका उम्मेदवार कै वडा हो यो। यहाँको जनसहभागिता र यहाँका स्थानीयको स्वागत हेर्दा नै तपाईंले अनुमान गर्नुभयो होला आफ्नै वडामा विपक्षी गठबन्धन कति कमजोर छन भन्ने कुरा। र उहाँले मेरो वडा किरणजीको वडा छन्दकृष्ण श्रेष्ठको वडामा पनि निकै धेरै नै मेहनत गर्नु भयो तर स्थानीय को सहभागिता १५/२० जना पनि देखिएन र हामीलाई जस्तो स्वागत सत्कार गरेको अवस्था देख्नुभएन होला। यी घटनाक्रमले पनि के देखाउँछ भने भक्तपुरका जनता विगतमा हामीले गरेका कामहरूबाट धेरै नै प्रभावित छन।

आज पनि बिहानको सात देखि दस बजे भित्रमा सक्ने भनिएको घरदैलो दुई बजे सकियो तीन घण्टा निर्धारण गरेको समय सात घन्टा लाग्नुको मतलब घरै पिच्छे टोलै पिच्छे स्वागत गरियो।

हिजो कार्यकर्ता लेबलमा स्वागत हुन्थ्यो भने आज जनताको लेभलमा स्वागत गर्ने परिस्थिति बनेको छ। यी यावत कुराहरूबाट के देखिन्छ भने राम्रो बिउ रोप्यौ भने राम्रै फल फल्छ र यस अघि पाँच वर्षमा एमालेले यहाँ जुन बीउ रोपेको छ त्यसले राम्रै फल फल्न सुरू गरे जस्तो लाग्छ।

अघिल्लोपटक यही क्षेत्रबाट सांसद जित्नुभएको थियो। पाँच वर्षमा तपाईंले गरेका काम र गर्न बाँकी काम केके हुन्?

अघिल्लो पटक जनताका दुईवटा कुरामा बढी गुनासो सुनेको थिए मैले एउटा हामीले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिहरूले भक्तपुरको आवाजलाई सदनमा कहिले पनि उठाएनन् भन्ने सन्दर्भ काङ्ग्रेसका सांसदहरूसँग थियो जसले तीन पटक यस क्षेत्रमा जितेका थिए।

दोस्रो विरोधी र विद्रोहका स्वरबाहेक जनताका स्वर कहिल्यै पनि सुनिएन भनेको चाहिँ नेमकिपा प्रति लक्षित थियो जो दुईपटक यहाँ जितेका थिए। मैले आफू निर्वाचित भएर गइ सकेपछि भक्तपुरका हरेक सुख दुःख हरेक समस्यालाई राष्ट्रिय राजनीतिमा व्यवस्थित ढंगले उठाएको छु।

भक्तपुरमा विकास निर्माण धेरै पछाडि पर्‍यो भन्ने यहाँका जनताको गुनासो थियो। अधिकांश ठाउँमा सडक, ढल र खानेपानी माग थियो। दुई नम्बर क्षेत्रमा मात्रै २६१ वटा सडक बने। जब म सांसदको रूपमा प्रस्तुत भए हामीले भक्तपुरलाई सिंहदरवारसँग जोड्ने कुरा गरेका थियौँ र त्यस मध्य अधिकांश ठुला र लामा सडक बनाईसकेउ ढलको व्यवस्था, खानेपानीका ट्यान्की ३० वटा, व्यवस्था, भत्किएका विद्यालय ९२ वटा (भक्तपुरभरी), अस्पताल, हेल्थ पोष्टहरू, पुलहरू नै झन्डै ८५ वटा निर्माण गरेका छौं। अब जनताले चाहेको दुईवटा कुरा।

एउटा भक्तपुरको विकास एडभान्स डिस्कसनको कोर्षमा अगाडि बढ्यो भन्ने मेरो निष्कर्ष छ। जनताले अब सुरक्षित भक्तपुर, सीसीक्यामरा, प्रहरी प्रशासनको परिचालनको व्यवस्था उज्यालो भक्तपुर, सौन्दर्ययुक्त भक्तपुर हरियालीका कुरा, वातावरण प्रदूषणलाई रोक्ने कुराहरू भए शिक्षा, स्वास्थ्य र रोजगारीको प्रावधान, जेष्ठ नागरिकको सम्मान, महिलाहरूको उद्यम, युवाका लागि खेलकुदका अगाडि बढाउनुपर्नेछ। विगतमा केही कामहरू अधुरा छन्। ती पूरा गर्नुछ।

मनोहरा करिडोर, कोटेश्वरको अन्डर पास, सूर्यविनायक साँगा धुलिखेल सडक, प्राणी उद्यान, रंगशाला, क्यान्सर सेन्टर, मानव अंग प्रत्यारोपण केन्द्र बनाउनुपर्नेछ। यी सबै कुराहरू सम्पन्न गर्नुपर्नेछ। त्यसका लागि ५० अर्बभन्दा बढी रकम लाग्छ। हामीले पहिले २६ अर्ब रकम भक्तपुरका लागि ल्यायौं भने यो काम गर्नुपर्नेछ। भक्तपुरका आवाजहरूलाई नीति निर्माण, कानून निर्माण र बजेट निर्माणमा समावेश गर्नुछ।

​यहाँको जनप्रतिनिधिको हैसियतले यहाँका कामहरूलाई प्राथमिकताका साथ गर्छु भनेको छु। त्यही आधारमा जनताहरूले मलाई अपार माया गर्नुभएको जस्तो लाग्छ। 

महेश बस्नेत, नेकपा एमाले 

अघिल्लो निर्वाचनमा लोकप्रिय मतसहित विजयी हुनुभएको थियो। यसपटक आफ्नै पार्टी विभाजन र गठबन्धनका कारण धक्का लाग्ने भयो नि!

नेकपा एमालेको विभाजनको असर साह्रै कम परेको ठाउँ हो। गठबन्धनसहित माओवादी र एकीकृत समाजवादीको असर खासै छैन। माओवादीको प्रभाव कम भएको र पार्टी विभाजनको असर नभएकाले गठबन्धनको असर तात्विक भिन्नता लाग्छ भन्ने लाग्दैन।

जनता कति सचेत छन् भने म २०७० सालको निर्वाचन लड्दा १६ हजार भोट पाएको थिएँ। ०७४ मा ३६ हजार ४१२ मत पाएँ। भक्तपुरमा एमालेको भोट दिनप्रतिदिन बढेको छ। यसपटक पनि हामीलाई धेरै राम्रो भोट प्राप्त हुन्छ। गठबन्धनका सबै दल फितलो/कमजोर छन्। उम्मेदवार पनि फितलो छन्।

उनीहरू हाइट र लाइट भएका उम्मेदवारहरू छैनन्। पार्टी जे भएपनि विकासका हिसाबले एक भोट महेशजीलाई हाल्नुपर्छ भन्ने खालका मतदाताहरू हुनुहुन्छ। यी सबै कारणले गर्दा हामीले धेरै राम्रो अन्तरले जित्छौं भन्ने लाग्छ।  

सत्य तितो हुन्छ। म जहिले पनि सत्य बोल्छु तितो बोल्छु। औषधि पनि तितो नै हुन्छ। सुरूमा मेरो कुरालाई गहिराई र दीर्घकालिन रूपमा नबुझ्ने मान्छेहरूले विवादमा ल्याउन खोज्छन्। जब यथार्थ प्रकट हुँदै जान्छ मैले बोलेका कुराहरू नै प्रमाणित हुँदै जान्छ। काठमाडौंको सडक विस्तार लगायतका अभियानबारे धेरै जनता क्लियर भएका छन्। जे अडान नलिएको थिएँ। त्यो ठाउँमा मान्छेहरू पुगेका छन्।

स्थानीय तहको निर्वाचन अघि तपाई ढुक्क जस्तै हुनुहुन्थ्यो। त्यसपछिको नतिजाले तपाईलाई झस्कायो नि!

स्थानीय तहको निर्वाचनमा मध्यपुरको चुनावमा हामी बिग्रिएका हौं। त्यसमा पनि दुईवटा मूल कारण छन्। एउटा हामीभित्रका असमझदारी र अन्तरविरोधहरूलाई हल गर्न सकेनौं। ६ जना दाबेदार थिए भने एक जनाले टिकट पाएपछि पाँच जना शान्त भएर बसेका भए हुन्थ्यो। दोस्रो हाम्रो पार्टीको सरकारबार जुन प्रोपोगाण्डा र हल्ला फिजाएका थिए त्यसलाई तोड्न सकेनौं।

तेस्रो स्थानीय तहको निर्वाचन भनेको व्यक्ति व्यक्तिलाई हाल्ने चुनाव हो। पार्टीभन्दा पनि वडासदस्य सम्मको प्रभाव हुन्छ। त्यही भएर परिणाम हाम्रो अनुकूल नभएको हो। अहिले अवस्था बदलिएको छ।

स्थानीय चुनावमा भएका कमीकमजोरी र असमझदारीलाई हामीले हल गरेका छौं। त्यही भएर परिणाम राम्रो आउँछ। 

राष्ट्रिय राजनीतिमा पनि केपी ओलीबारे भ्रम फिजाइएको छ। गठबन्धनले नागरिकता विधेयक, एमसीसी सम्झौता र महंगी बढेको छ। बैंकको व्याज तीन गुणा बढेको छ। अर्थतन्त्र चौपट हुँदैछ। यी सबै कारणले हाम्रो माहोल राम्रो छ भन्ने लाग्छ। 

गठबन्धनसहित स्वतन्त्रको दबदबा छ यो निर्वाचनले तपाईलाई संसद यात्रा कतिको सहज छ?

लौरो अभियानका साथीहरूले हामीलाई नै सहयोग गर्नुभयो। स्वतन्त्रका साथीहरूले महेश दाइलाई लौरो हान्न आएको तर, हामीले तपाईंले गरेका कामहरू देख्यौं त्यसपछि लौरो हामीले तपाईंलाई नै टेक्न दियौं भन्नुभयो। अन्य स्वतन्त्रको चहलपहल धेरै देख्दिनँ। स्वतन्त्र, गठबन्धन र साना दलहरूलाई मैले चुनौतीका रूपमा लिएको छैन। 

कहिलेकाहीँ आफ्नै बोलीका कारण तपाईं विवादका आउने गर्नुहुन्छ? त्यसले निर्वाचनलाई असर पार्छ भन्ने लाग्दैन?

सत्य तितो हुन्छ। म जहिले पनि सत्य बोल्छु तितो बोल्छु। औषधि पनि तितो नै हुन्छ। सुरूमा मेरो कुरालाई गहिराई र दीर्घकालिन रूपमा नबुझ्ने मान्छेहरूले विवादमा ल्याउन खोज्छन्। जब यथार्थ प्रकट हुँदै जान्छ मैले बोलेका कुराहरू नै प्रमाणित हुँदै जान्छ। काठमाडौंको सडक विस्तार लगायतका अभियानबारे धेरै जनता क्लियर भएका छन्। जे अडान नलिएको थिएँ। त्यो ठाउँमा मान्छेहरू पुगेका छन्।

हिजो मधेशबाट सुरेन्द्रजीलाई एमालेमा प्रवेश गराउने कुरा किनकी आज मधेशबाट अधिकांश साथीहरू एमालेमा प्रवेश गर्नुभएको छ। कांग्रेस र एमालेलाई मधेशमा निषेध गर्ने पार्टीहरू नै आज हामीहरूसँग सहकार्य गरेर सत्तामा पुगेका छन्। र मधेशमा सांसद, बुद्धिजीवीहरू हाम्रो पार्टीमा प्रवेश गरेका छन्।

हिजो मधेश आन्दोलनमा पहाडी मूलका मानिसहरूलाई लखेट्ने परिस्थिति बनेको थियो। आज मधेश र पहाडबीच आपसी सद्भाव जगाउन र एमाले जोगाउन मैले जुन भूमिका खेलें यो कुरामा मलाई विवादमा ल्याउन पनि खोजियो। तर, मैले गरेका कामहरूबारे जहिल्यै पनि गौरव लाग्छ र मैले जहिल्यै पनि ठिक काम गरेको छु।

वाइसिएलको सन्दर्भमा पनि त्यही हो। समाजको सामाजिक न्याय गिरेको बेला मानिसहरू बोल्न नसक्ने, प्रहरी प्रशासनको मनोबल गिरेको अवस्थामा मैले जुन संघर्ष गरे त्यसले मलाई नेपालको राजनीतिमा स्थापित गराइदियो। हत्केलामा ज्यानको बाजी राखेर म जुन अवस्थामा कुदे विरोधीले आफ्नो क्षति भएपछि आलोचना गर्नु स्वाभाविक हो। तर, मैले बोलेको र गरेका कुराहरू आम जनताले ठीक हो भनेको देख्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.