|

धनकुटा : जिल्ला कारागार धनकुटामा मतदान सम्पन्न भएको छ। कारागारमा रहेका ८८ कैदीबन्दी मध्ये ४२ जना मतदाता रहेका थिए। 

कारागारमा ५० पुरुष र ३८ महिला रहेका छन्। ४२ जना मतदातामा १ जनाको मृत्युु भएको र १ जना भर्खरै छुटेको कारण ४० जनाले मतदान गरेको मतदान अधिकृत शिव श्रेष्ठले जानकारी दिए। 

पूरा मत नझरेका कारण मत पेटिका शिलको कार्यक्रम ५ बजे मात्रै हुनेछ। धनकुटाका अन्य मतदान केन्द्रमा भने धमाधम मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.