|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले मंसिर १५ सम्ममा बहुमतको सरकार बन्ने बताएका छन्।

आइतबार सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ बाट मतदान गर्दै अध्यक्ष ओलीले यो निर्वाचनमा एमालेको बहुमत आउने र बहुमतको सरकार मंसिर १५ गतेभित्र बहुमतको सरकार बन्ने बताएका छन्। 

उनले नेकपा एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरूको सरकार बन्ने बताए।

‘जनतालाई आम निर्वाचनमा सहभागि हुन आग्रह गर्दछु। म अहिले यत्ति भन्छु, मनपरेको पाटीमा उम्मेदवारलाई भोट हाल्न  र मताधिकारप्रयोग गर्न आग्रह  गर्दछु। निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु। मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ, यदी भएन भने साझेदार गरेका दलहरूसँग सरकारमा सामेल हुन्छौँ,' उनले भने।

अध्यक्ष ओलीले चुनावको महत्व घटाउन विभिन्न शक्तिहरू युवाहरूलाई आवेगमा ल्याउने काममा लागिरहेको बताए। उनले रौतहटसहितका केही जिल्लामा हिंसात्मक गतिविधि भएको पनि बताए। अध्यक्ष ओलीले सत्ता गठबन्धन एमालेका कार्यकर्तामाथि आक्रमण गरिरहेको पनि बताए। 

अध्यक्ष ओलीले भने, ‘निर्वाचनको कार्य भइरहँदा विभिन्न स्थानमा अप्रिय घटना भएका छन्, त्यसमा हाम्रो चासो रहेको छ। निर्वाचनको समयमा विभिन्न प्रकारका शक्ति लागेको तथा निर्वाचनको गरिमा बिगार्ने तथा युवालाई आवेगमा ल्याउन खोजिएको छ। छिटफुट अप्रिय घटना भएपनि आम रूपमा राम्रो तरिकाले निर्वाचन भएको छ। साथै अप्रिय घटना भएका ठाउँमा मतदान दोहोर्या‌ंएर गर्नुपर्ने हुन्छ।’

अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। अध्यक्ष ओलीले भोट हाल्नुभएको क्षेत्रमा भने नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवराका रूपमा एमाले नेता महेश बस्नेत छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.