|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित सरस्वती मावि मतदान केन्द्रमा चारजना किरियापुत्रीले मतदान गरेका छन्। निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने उक्त केन्द्रमा ४ जना ऐर दाजुभाइले मतदान गरेका हुन्।

बुवा मीनबहादुर ऐरको निधनको शोकमा किरिया बसेका छोराहरू राजेन्द्र, वीरेन्द्र, अमर र अतुलले मतदान गरेका थिए। कञ्चनपुर–२ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एनपी साउद र नेकपा एमालेका तर्फबाट नरबहादुर धामी प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.