|

काठमाडौं : यहाँका १० निर्वाचन क्षेत्रको मतगणना पनि फरक फरक स्थानमा हुने भएको छ।

काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरास्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्डा विद्यालयमा, क्षेत्र नम्बर ४ बुढानिलकण्ठ चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, क्षेत्र नम्बर ५ को टोखास्थित समाज भवनमा, क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हलमा  त्यसैगरी क्षेत्र नम्बर ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, क्षेत्र नम्बर ९ को रविभवनस्थित न्यासन कलेजमा र क्षेत्र नम्बर १० को मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनामा हुनेछ।

आज पाँच बजेपछि मतदान सकिनेछ। त्यसपछि मतपेटिका जम्मा गरेर आजै रातिबाट मतगणना हुने निर्वाचन आयोगले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.