|

धनकुटा : जिल्लामा दिउँसो ३ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठका अनुसार दिउँसो ३ः३० बजेसम्म ४५ प्रतिशत मतदान भएको हो।

धनकुटामा १ सय १९ वटा मतदानस्थलमा १ सय ६२ वटा मददानकेन्द्र रहेका छन्। त्यो बाहेक धनकुटामा २ वटा अस्थायी मतदान केन्द्र थपिएका छन्।

धनकुटामा प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र रहेका छन्। धनकुटामा कुल १ लाख १६ हजार ९९१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ। धनकुटामा यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.