|

इलाम : प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा ४५ प्रतिशत मत खसेको छ। अपराह्न सवा ३ बजेसम्ममा यो संख्यामा मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपले मतदान भइरहेको बताए। मतदान केन्द्रहरूमा विगतको तुलनामा मतदाताको संख्या कम देखिएको छ।

२ लाख २४ हजार ८ सय ७७ मतदाता रहेको इलाममा प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.