|

रौतहट : रौतहटका चार निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। रौतहटमा २७६ वटा मतदान स्थल र ५२३ वटा मतदान केन्द्र थिए। जसमा दुई मतदान केन्द्रमा सामान्य झडप भई गोली चलेको छ।

जिल्लाको गुजरा नगरपालिकास्थित मावि कनकपुरमा एक राउण्ड र गरुडा नगरपालिकास्थित प्रावि भवन अमरपटी बुथमा एक–एक राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी सुनिल मल्लले जानकारी दिए।

ती दुई वटा मतदान केन्द्र बाहेक जिल्लाका ५२१ वटै मतदान केन्द्रमा शान्ति पूर्ण अवस्था मतदान सम्पन्न भएको प्रहरी प्रवक्ता मल्लले बताएका छन्।

आइतबार बिहान ७ बजे शुरु भएको मतदानमा स्थानीयको सहभागिता न्यून देखिएको थियो। स्थानीय तहको निर्वाचनमा झण्डै ८० प्रतिशत मतदान भएको रौतहटमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि ६५ प्रतिशत मात्र मतदान भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.