|
फाइल फोटो

काठमाडौं : निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना एकैपटक सुरु हुने जनाएको छ। 

आइतबार साँझ आयोगमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त दिनेश थपलियाले केही स्थानमा मतपत्र फरक मतपेटिकामा परेको हुनाले एकैपटक गणना गर्न लागिएको बताए।

‘प्रत्यक्षतर्फको मतपत्र समानुपातिकतर्फको बाकसमा र समानुपातिक तर्फको मतपत्र प्रत्यक्षतर्फको बाकसमा परेको भन्ने कुरा धेरै ठाउँबाट आएको छ’, प्रमुख आयुक्त थपलियाले भने, ‘मत खेर जान दिँदैनौँ। सदर मत छ भने गणना गर्ने गरी प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तथा प्रत्यक्षको मतगणना एकैपटक गरिन्छ।’

पहिला प्रत्यक्षको गणना सकेर समानुपातिक तर्फ गणना गर्ने तयारी गरिए पनि फरक मतपेटिकामा मतपत्र परेको समस्या आएपछि एकैपटक गणना गर्न लागिएको थपिलयाले बताए। 

उनले लगातार मतगणना गरिने भएकाले आठ दिनमा नतिजा सार्वजनिक गर्ने गरी आयोगले काम गर्ने बताए।

आइतबार भएको निर्वाचनमा देशभरबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको आयोगले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.