|

काठमाडौं : देशभर भइरहेको मतगणनामा नेकपा एमालेले ६ ठाउँमा अग्रता लिएको छ। 

सोमबार बिहान ११ बजेसम्म प्राप्त मत परिणामअनुसार एमालेले  झापा–२ (देवराज घिमिरे), धनुषा– ३ (जुलिकुमारी महताे), ललितपुर–१ (नवराज सिलवाल), ललितपुर–२ (प्रेमबहादुर महर्जन), ललितपुर–३ (अमृत खड्का) र काठमाडौं–९(कृष्णगोपाल श्रेष्ठ) मा अग्रता लिएको छ ।

यस्तै कांग्रेस ३ ठाउँमा अग्रता लिएको छ । कांग्रेसले काठमाडौं– १ (प्रकाशमान सिंह), काठमाडौं-४ (गगन थापा), भक्तपुर– २ (दुर्लभ थापा) मा अग्रता लिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं–६ (शिशिर खनाल), काठमाडौं–७ (गणेश पराजुली), काठमाडौं-८ (विराजमान श्रेष्ठ) कास्की– २ (माधवप्रसाद कँडेल) र जनमत पार्टीले सप्तरी–२ (सिके राउत)मा अग्रता लिएको छ।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले अग्रता लिन सकेका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.