|

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ।

काठमाडौं क्षेत्र नम्बर १ को पछिल्लो मतगणना अपडेटअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै रवीन्द्र मिश्र अघि लागेका छन्। मिश्रले २४१६ मत पाएका छन् भने प्रकाशमान सिंह २३०२ मत पाएर मिश्रलाई पछ्याउँदै छन्।

त्यस्तै, एमालेका किरण पौडेलले १४४१ मत पाएका छन्। त्यस्तै, पुकार बमले १३६५ मत पाउँदा रमेश खरेलले १०६६ मत पाएका छन्।

काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरुमा अहिले मतगणना कार्य धमाधम भइरहेको हो।

काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्र, भक्तपुरका २ र ललितपुरका ३ वटा मतदान केन्द्रहरुमा पनि सर्वदलीय बैठक बसेर मत गणना कार्य धमाधम भइरहेको हो।

मतगणना स्थलमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरुको उपस्थितिमा मतगणना कार्य भइरहेको हो। देशभर नै विभिन्न मत गणनास्थल बनाएर मत गणना कार्य जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.