|

काठमाडौं : ओखलढुंगामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना गर्ने तयारी भएको छ।

सर्वदलीय बैठक सकिएको र अबको केही छिनमै मतगणना शुरु हुने नेपाली कांग्रेसबाट जिल्लाकाे प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडाले जानकारी दिए।

‘बैठक सकिएको छ,अबको केही छिनमै मतगणना हुँदै छ,’ उनले भने।

उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञराज सुनुवार छन्। उनीहरूको कडा प्रतिस्पर्धा हुने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.