|

काठमाडौं : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले (घण्टी चुनाव चिह्न) अग्र स्थानमै कायम गरेकी छिन्।

१५ सय ३ मत गन्दा ४८६ मत सोभिताले पाएकी छिन्। नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ३१५ मत पाएका छन्। 

नेकपा माओवादीका केन्द्रका उम्मेदवार ओनसरी घर्ती ३०४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोख्रेलले २२६ मत प्राप्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.