|

बागलुङ : बागलुङ–२ मा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रारम्भिक अग्रता लिएका छन्।

१ हजार १०५ मत गणना हुँदा पौडेलले ६६५ मत पाएका छन्।

एमालेकी मञ्जु शर्मा चालिसेले २९५ र राष्ट्रिय स्वतन्त्त पार्टीका तिला खत्रीले ८६ मत ल्याएकी छिन्।

बागलुङ प्रदेशसभा क्षेत्र २ (क) मा १ हजार १०८ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरले अग्रता लिएका छन्। घर्ती मगरले ५४२ मत ल्याएका छन् भने कांग्रेसका जितबहादुर शेरचनले ५३५ मत ल्याएका छन्।

बागलुङ प्रदेशसभा क्षेत्र २ (ख) मा ८९५ मत गणना गर्दा कांग्रेसका दोर्णकुमार कुँवरले अग्रता लिएका छन्।

कुँवरले ४४८ मत ल्याएका छन् भने एमालेका लक्ष्मण पुनले ३७७ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी नेपालका गंगाबहादुर घर्तीले २, मंगोल नेशनल अर्गनाईजेशनका ताराबहादुर घर्ती मगरले ७, नेपाल दलित पार्टीका टेकप्रसाद कार्मीले ५, स्वतन्त्र नरबहादुर गुरुङले ५ ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.