|

इलाम : इलाम क्षेत्र नं. १ मा झलनाथ खनाल विरुद्ध नेकपा एमालेका महेश बस्नेतले मतान्तर बढाउँदै लगेका छन्। प्रारम्भिक मतगणनामा २ सय १४ मतले अग्रता कायम गरेका बस्नेतले दोश्रो नतिजा सार्वजनिक हुँदा मतान्तर ४ सय ७५ बनाएका छन्।

५ हजार ४ सय ६९ मत गणना हुँदा बस्नेतले २ हजार ४ सय ८५ मत प्राप्त गरेका छन्। खनालले २ हजार १० मत प्राप्त गरे। मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले २ सय २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ सापकोटाले २१९, जनता समाजवादीका कमल कुमार राईले ६८ मत पाएका छन्।

कांग्रेस विपिका गणेश प्रसाद पौडेल ८४, स्वतन्त्र उम्मेदवार विक्रम पाण्डे ६१ मत, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बु २७, स्वतन्त्र उम्मेदवार निमा तेन्जिङ शेर्पा २३ मत, स्वतन्त्र उम्मेदवार नेत्र रेग्मी ५ मत, संघीय लिम्बुवान राष्ट्रिय मञ्चका जीतकुमार मुखियाले ७ मत पाएका छन्। गणना भएका ५ हजार २ सय ९ मत सदर भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.