|

काठमाडौं : ओखलढुंगामा नेपाली कांग्रेसका ​उम्मेदवार रामहरि खतिवडाले अग्रता कायमै राखेका छन्। बिहान ११ : ५० बजेको मत परिणामअनुसार खतिवडाले पाँच हजार ७३ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले चार हजार चार सय ४८ मत ल्याएर पछ्याउँदै छ। उनीभन्दा पाँच सय ८८ मतले खतिवडा अगाडि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शोभा कार्कीले  एक सय १४ मत पाएका छन्।

मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवार बीर्ज बहादुर थापामगरले ३२,जसपाका उम्मेदवार जुद्ध बहादुर राईले दुई सय ५० मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.