|

बैतडी : बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ। १५ हजार तीनसय ४९ मत गणना हुँदा भण्डारीले सात हजार तीन सय २१ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर ले छ हजार एक सय ४५ मतका साथ पछ्याइरहेका छन्। 

यस्तै  प्रदेश सभा क्षेत्र नम्बर  १ मा १७ हजार  छ  मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले छ हजार एक सय ३० मत प्राप्त गरेका छन्। उनकाे पछिपछि रहँदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले तीन हजार नौ सय ९४ मत पाएका छन्।

यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीर बहादुर विष्टले तीन हजार सातसय ५० मत प्राप्त गरेका छन्। यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ मा भने कांग्रेस अगाडि छ।  

१७ हजार ८१ मतगणना हुँदा  नेपाली कांग्रेसका शिवराज भट्टले आठ हजार ९१ मत ल्याउँदा नेकपा एमालेका लिलाधर भट्टले सात हजार चार सय ३३ मत प्राप्त गरे। प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र रहेको बैतडीमा आइतबार सम्पन्न निर्वाचनमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो। यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६  मत मात्रै खसेकाे थियाे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.