|

काठमाडौं :  कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ।

दोहास्थित स्टेडियम–९७४ मा आज राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो। यस खेलसँगै दुवै टोलीले एक– एक अङ्क बाँडेका छन्।

 खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अङ्क बाँड्नुपरेको हो।​लेवान्डोवस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे। मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले पोल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो।

 यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा एक अङ्क जोडेको छ। समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ। मेक्सिको एक अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ।

त्यस्तै साउदी अरेबिया तीन अङ्क जोडेर शीर्षस्थानमा छ भने अर्जेन्टिना अंकविहीन रहँदै पुछारमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.