|

काठमाडौं : गुल्मीमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।

सत्यवती गाउँपालिका–३  लु ३ च ५३४० जीप कुढडाँडामा गएराति साढे ३ बजेतिर दुर्घटना भएको सहायक प्रमुख जिल्ला अधिकारी
तथा सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।

गैरेका अनुसार दुर्घटननामा सत्यवती गाउँपालिका–३ का झलक सोमै, टीका राहादी, रनबहादुर सिजापती र मिलन तरामोको मृत्यु भएको हो। 

प्रहरीका अनुसार सत्यवती ३ कै कार्बालिन सोमै, जमुना सोमै, ३२ वर्षका चेतमान सिंजाली, गिरबहादुर राहादी र खण्डन सोमै घाइते भएका छन्। घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ।

जीप ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.