|

सुर्खेत: सुर्खेत क्षेत्र नं. २ मा नेपाली कांगेसका हृदयराम थानी विजयी भएका छन्।

थानी ३४ हजार ६२५ मतका साथ प्रतिनिधिसभा सदस्लय विजयी हुँदा एमालेका अमृतकुमार बिसीले २९ हजार ५५८ मत ल्याए। यी दुईबीच ५ हजार ६७ मतान्तर छ।

थानी यसअघि यही क्षेत्रमा एमालेका नवराज रावतसँग पराजित भएका थिए।  ०७४ मा नेकपा एमालेसँगको हारको बदला थानीले गठबन्धनको बलमा लिएका छन्। ०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थिए ।

थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी सहकारी तथा गरिबी निवारण मन्त्री पनि भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.