|

बागलुङ : जिल्लाका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

अघिल्लो पटक बागलुङका सबै क्षेत्रमा ‘क्लिन स्वीप’ भएको कांग्रेसले यस पटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई १४७९ मतान्तरले पराजित गरे। थापाले १३ हजार ८८४ मत ल्याए भने केसीले १२ हजार ४०५ मत पाए। 

बागलुङ १ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए। सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले पराजित गरे। सुवेदीले १३ हजार ३२७ ल्याउँदा पौडेलले सात हजार २५२ मत ल्याए। पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए। उनी कांग्रेस बागलुङको निवर्तमान सचिवसमेत हुन्।

बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भएका छन्। शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई तीन हजार १०० मतान्तरले पराजित गरेका हुन्। शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे। घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवार थिए।

बागलुङ–२ (२) मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी भए। कुँवरले एमालेका लक्ष्मण पुनलाई ३७३७ मतान्तरले पराजित गरेका हुन्। कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले आठ हजार ६७१ मत ल्याए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.