|

विराटनगर : प्रदेश नम्बर १ मा तीनजना मुख्यमन्त्री यतिबेला  हार र जितको दोसाँधमा छन्। अर्थात मंसिर ४ म सम्पन्न भएको  प्रतिनिधि एवम प्रदेशसभाको  चुनावी मैदानमा उत्रिएका थिए।

देशैभर  मत गणना भइरहेको छ भने  प्रदेश १ मा ओअनि पत गणनासँगै मत परिणाम पनि सार्वजनिक भइरहेको छ। पछिल्लो मत परिणामअनुसार  पूर्व र वहालवाल मुख्यमन्त्रीमध्ये बहालवाल    फराकिलो मतअन्तरले अगाडि छन् भने  दुईजना पूर्वमुख्यमन्त्री पछाडि  नै   छन्।

कसको कति मत?

यो समाचार तयार पार्दासम्म संस्थापक मुख्यमन्त्री शेरधन राईलाई  पछि पार्दै भोजपुरमा सुदन किराँतीले  मत  बढाउँदै लगिरहेका छन्।

सुदनले ७०४१ मत ल्याउँदा शेरधनले ५४०० मत मात्रै प्राप्त गरेका छन।  शेरधन एमालेका  उम्मेदवार हुन भने सुदन  माओवादी केन्द्रका  हुन्।

सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्य दोस्रो स्थानम हुँदा  राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापाले अग्रता कायम गरिरहेका छन्।

थापाले ४ हजार ५९ मतसहित पहिलो स्थानमा छन् भने भीम आचार्यले ३ हजार १ सय ४७ मत प्राप्त गरेको छन्। कांग्रेसका सिताराम मेहता २ हजार २२ मत सहित तेस्रो स्थानमा छन्।

वर्तमान  मुख्यमन्त्री राजेन्द्र राईले ७ हजार ९ सय ५७ मत ल्याएका छन्। भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिबहादुर राईले ५ हजार ५०२ मत प्राप्त गरेका छन्। अहिलेको मत परिणामअनुसार  राई सुरक्षीत स्थानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.