|

बैतडी : बैतडीमा रहेका दुईवटै प्रदेशसभाको अन्तिम मतपरिणाम आज रातिसम्म आउने भएको छ।

प्रदेशसभा क्षेत्र (क) को पुर्चौडी नगरपालिकाका ८ वटा वडा मात्र गणना गर्न बाँकी रहेको छ।  

प्रदेशसभा क्षेत्र (ख) को दोगडाकेदार गाउँपालिकाका ६ वटा वडाको मात्रै मतगणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए। उनले भने, ‘दुवै प्रदेशको अलगअलग टोलीले गणना गरिरहेको छ, आज रातिसम्म अन्तिम मत परिणाम आइसक्छ।’

प्रतिनिधिसभाको लागि १ र प्रदेशसभाका लागि २ क्षेत्र रहेको बैतडीमा १० स्थानीय तह रहेका छन्। प्रदेश क्षेत्र ‘क’ मा पाटन नगरपालिका,सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिकाको १ नम्बर वडाबाहेक,डिलाशैनी गाउँपालिकाका ५ वडा रहेका छन्।

प्रदेश क्षेत्र ‘ख’ मा दोगडाकेदार, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नयाको गाउँपालिकाको एक वडा र डिलाशैनी गाउँपालिकाका २ वडा रहेका छन्।

प्रदेशसभा क्षेत्र (क) मा २८ हजार ८६९ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले ९ हजार २५१ मत प्राप्त गरेका छन्। उनको पछिपछि रहँदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ८ हजार ५९१ मत पाएका छन्।

यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीरबहादुर बिष्टले ६ हजार ७०२ मत प्राप्त गरेका छन्।

प्रदेशसभा क्षेत्र ‘ख’ मा भने कांग्रेसले अग्रता कायमै रहेको छ। २९ हजार ८४० मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले १४ हजार ३३८ मत ल्याउँदा नेकपा एमालेका लिलाधर भट्टले १२ हजार ६९८ मत प्राप्त गरे।

बैतडीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गठबन्धनले मतान्तर घटाउँदै गएको छ।

२४ हजार ८२० मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) १७८ मतले मात्र पछाडि रहेका छन्।

अग्र स्थानमा रहेका नेकपा एमालेका दामोदर भण्डारीले १० हजार ९०६ मत प्राप्त गरेका छन्। कुँवरले १० हजार ७२८ मत ल्याएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.