ब्याक भोटमा भेटियो २६ मत

|

काभ्रे : देशभर झैँ काभ्रेमा प्रतिनिधिसभा र प्रदेश सभाको मतगणना भइरहेको छ। बुधबारसम्म काभ्रेका कुनै पनि निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम नतिजा आउन सकेको छैन।

सामान्य रूपमा बुझ्दा मतपेटिकामा मतदाताले आफूले रुचाएको उम्मेदवारलाई मत दिएको मतपत्र हुन्छन्। त्यसमा बढी भए मतदाताले खसालेको मतपत्र सदर र बदर वा खाली हुन्छन्।

तर काभ्रे(१ को प्रदेश सभा (क) तर्फको एक मतपेटिकामा भने केही लेखिएको चिट आदि भेटिएको छ। काभ्रेको चौरीदेउराली गाउँपालिका-७ को एक मतदान केन्द्रको मतपेटिकामा गठबन्धनलाई भोट नदिनु भनेर लेखिएको चिट भेटिएको छ। 

त्यस्तै मतपत्रको पछाडि पट्टी  ब्याक भोट लेखेर त्यसमा स्वस्तिक छाप लगाएको २६ मतपत्र भेटिएका छन्। यसरी लेख्नेमा मोहन वैद्य र विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताले हुन सक्ने अनुमान गरिएको छ। 

मतगणना स्थलमा भेटिएको  सोही क्षेत्रका एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यो वडामा वैद्य नेतृत्वको माओवादीका कार्यकर्ताले निर्वाचनमा सहभागी नहुन मतदातालाई भन्दै हिँडेको थियो, यो उनीहरूकै काम हुन सक्छ।’

उक्त क्षेत्रबाट प्रदेशसभामा गठबन्धनबाट बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल र नेकपा एमालेबाट दिलबहादुर तामाङ (दिलिप) उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.