|

धनगढी : डोटी प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी भएका छन्। लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन्।

नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मल्लले १५,२७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४,८२९ मत पाएका छन्।

हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले ५४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले ७५५ मत पाएका छन्। प्रदेश (१)मा ३३ हजार ३२२ मत खसेको थियो। जसमा १ हजार ९ सय १९ मत बदर भएको छ।

यस्तै प्रदेशसभा (२) मा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओली प्रदेश सभा सदस्यमा विजयी भएका छन्।

उनले १४०४७ मत पाएका छन्। माओवादी केन्द्रका उम्मेदवार ओलीले एमालेका उम्मेदवार टेकबहादुर बमलाई हराएका हुन्। बमले १३१२८ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार मोहन बमले १३२७ मत ल्याएका छन्।

उक्त क्षेत्रमा ३०२३४ मत खसेको थियो। २८५०२ मत सदर भएका छन भने १७३२ मत बदर भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.