|

सर्लाही : सर्लाहीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना भइरहेको छ।

क्षेत्र–१ मा लोसपाका रामप्रकाश चौधरीले १० हजार ६८९ मत प्राप्त गरी अग्रता लिएको छ। उनलाई स्वतन्त्र (पुतली)का मानबहादुर खड्काले ९ हजार ३०१ मत प्राप्त गरी पछयाइरहेका छन् भने जसपाका प्रमोद साहले ५ हजार ७६४ मत प्राप्त गरेका छन्।

क्षेत्र २ मा माओवादी केन्द्रका महेन्द्र राय यादवले ४ हजार ७४० मत प्राप्त गरी अग्रता लिएका छन् भने लोसपाका राजेन्द्र महतोले ३ हजार ९६३ मत ल्याइ उनलाई पछ्याइरहेका छन् भने नेकपा एमालेका राजनारायण साहले ३ हजार  २३५ मत प्राप्त गरी तेस्रो स्थानमा छन्।

त्यस्तै क्षेत्र ३ मा माओवादी केन्द्रका नरेन्द्र साहले १२ हजार ६९० मत प्राप्त गरी अग्रता लिएका छन् भने नेकपा एमालेका हरिप्रसाद उप्रेतीले १२ हजार ६३७ मत प्राप्त गरी उनलाई पछ्याइरहेका छन्।

क्षेत्र ४ मा पछिल्लो मत परिणामअनुसार स्वतन्त्र (माछा) का अमरेशकुमार सिंहले ६ हजार ८२२ मत प्राप्त गरी अग्रता लिएका छन्। नेपाली काँगेसका नागेन्द्र रायले ५ हजार ९९५ मत प्राप्त गरी सिंहको पछि पछि छन् भने अर्का स्वतन्त्र उम्मेदवार मधुमाला यादव ४ हजार ५६० मत प्राप्त गरी तेस्रो स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.