|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ। 

जसपाका उम्मेदवार प्रदीप यादव पर्सा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन्। 

उनले २२ हजार ५ सय ३५ मत ल्याए। यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो। 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बागी उम्मेदवार अजय द्विवेदीलाई पराजित गर्दै यादव विजयी भएका हुन्। द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गरे।कांग्रेससहित सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका लक्ष्मणलाल कर्णलाई समर्थन गरेपछि द्विवेदी बागी उठेका थिए।

लोसपाका कर्णको भने जमानत नै जफत भएको छ। उनले जम्मा १ हजार १ सय १७ मत प्राप्त गरे। कूल सदर मतको १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुन्छ ।

पर्सा–१ मा ४८ हजार ५ सय २६ मत सदर भएको थियो। जमानत जोगाउन कम्तिमा ४ हजार ८ सय २६ मत कटाउनुपर्थ्यो। तर कर्णले जम्मा १ हजार १ सय १७ मत मात्रै प्राप्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.