|

विराटनगर : मोरङ क्षेत्र नम्बर ५ को चुनावी प्रतिस्पर्धा यतिबेला रोचक देखिएको छ। क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गर्दै गर्दा योगेन्द्र मण्डलले जित्ला र ? भन्ने धेरैको प्रश्न थियो।

त्यसो त सत्तापक्ष र प्रतिपक्ष दलको गठबन्धनका उम्मेदवारले पनि उनको चुनावी प्रतिस्पर्धाले फितलो रुपमा लिएका थिए। पछिल्लो समय मतगणनाको नतिजा प्रकाशन हुँदै गर्दा प्रमुख दलका उम्मेदवारहरुले उनलाई पछ्याइरहेका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका मण्डलको चापाकल चुनाव चिह्न छ। मतगणना हुँदादेखि उनीे निरन्तर अग्र छन्।

योगेन्द्र मण्डल (चापाकल)ले  १४७५२ मत प्राप्त ल्याउँदा माकेका शिवकुमार मण्डलले १०४६५ मत ल्याएका छन् भने जसपाका राजकुमार यादवले १०५९६ मत प्राप्त गरेका छन्।

वित्तीय संस्थाबाट राजनीतिमा उदाएका मण्डल
जीवन विकास लघुवित्त वित्तीय संस्थाबाट राजनीतिमा उदाएका मण्डल धनपालथान गाउँपालिका २ का हुन्। २ दशकअघि स्थापना गरेकोे जीवन विकास लघुवित्त नेपालमा परिचित लघुवित्त संस्था हो।

२०५४ सालमा स्थापना गरेको सो संस्थाले २४ जिल्लामा कार्यक्षेत्र बिस्तार गरेको छ। तीन लाखभन्दा बढी सदस्य रहेको सो संस्थामा एक हजार दुई सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। लघुवित्त संस्थाको उपलब्धि र कामले प्रत्यक्षरुपमा क्षेत्र नम्बर ५ का जनतामा प्रभाव परेको छ।

५ नम्बर क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यसहित स्थापना भएको जीवन विकास लघुवित्तले स्वास्थ्य, शिक्षाको क्षोत्रमा पनि उत्तिकै प्रभावकारी भूमिका खेल्दै आएको छ।

दुई वर्षभित्र तीन सय शय्याको सुलभ अस्पताल सञ्चालनका लागि उनको नेतृत्वमा संरचना निर्माण भइरहेका छन्।

आफूले सञ्चालनमा ल्याएको लघुवित्तमा सफलता हासिल गरेपछि उनी नेकपा एमालेमा प्रवेश गरेका थिए। २०७४ सालको निर्वाचनपछि उनले एमालेबाट नै मोरङ क्षेत्र नम्बर ५ मा केन्द्रित रहेर राजनीति शुरु गरेका थिए। 

पार्टीले रोक्योले जनताले रुचाए
उनलाई  एमालेले जसपासँग तालमेल गर्दा क्षेत्र नम्बर ५ मा जसपाबाट राजकुमार यादव उम्मेदवार बने। मण्डलले भने पाँच वर्षदेखि निर्वाचनमा जाने तयारी गरिरहेका थिए। टिकट नपाएपछि उनले  स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनको चुनावी अभियानमा उनकै लघुवित्तका सदस्यहरूले सहयोग गरेका थिए भने दलसँग रुष्ट कार्यकर्ता समेत उनके सहयोगी बनेका थिए।

त्यसो उनले राजनीतिमा आउन मात्रै सहयोगी भाव राखेका थिएनन्। उनले जीवन विकास लघुवित्त शुरु गर्नुअघि दुई वर्ष गाउँमा निःशुल्क ट्युसन पढाएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.