|

बारा : बारा निर्वाचन क्षेत्र नं ४ मा सत्ता गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन्। पूर्वश्रममन्त्री श्रेष्ठ २९,५०५ मत ल्याएर निर्वाचित भए।

उनले १० हजार ६६ मतभन्दा बढी ल्याए। उनका निकटतम् प्रतिस्पर्धी एमाले–जसपा गठबन्धनका उम्मेदवार एकवाल मियाँले १९,४३९ मत पाए।

नेकपा समाजवादीका कार्यकर्ता नै न्यून रहेको तथा उम्मेदवार स्वयंले मत हाल्न नपाउने अवस्था हुँदा पनि १० हजारभन्दा बढी मतान्तर हुनुलाई आफूले जनताको मन जितेको दाबी गर्दै श्रेष्ठले मतको सम्मान गर्नेमा ढुक्क हुन मतदातालाई आग्रह गरेका छन्।

यसअघि ०७४ को निर्वाचनमा तनहुँ १ मा रामचन्द्र पौडेललाई हराएका श्रेष्ठले योपटक बारा ४ बाट उम्मेदवारी दिएका हुन्। त्यति बेला उनले ३४,४९२ मत ल्याएका थिए भने पौडेलले २७,६९० मत पाएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.