|

धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर विजयी भएका छन्।

बलायर २६ हजार १७१ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका सचिव लेखराज भट्टलाई पराजित गरे। भट्टले २२ हजार ५३३ मत प्राप्त गरेका छन्।

भट्ट बलायरसँग ३ हजार ६३८ मतले पराजित भएका हुन्।

२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायरले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए। गत संसदीय निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.