दुईले जित्दा चार पराजित, अन्य अवस्था कस्तो?

|

काठमाडौं : नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा निर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म दुई सिटमा जित हात पारेको छ। 

अछाममा शेरबहादुर कुँवर र बारा ४ मा कृष्णकुमार श्रेष्ठले मात्र चुनाव जितेका छन्।  कुँवर १९ हजार ५३४ मत र श्रेष्ठ २० हजार २९७ मतसहित विजयी भएका छन्। पार्टीका १९ उम्मेदवारमध्ये सात जनाले अग्रता लिइरहेका छन्। 

रौतहट १ बाट अध्यक्ष माधवकुमार नेपाल, धादिङ १ बाट राजेन्द्रप्रसाद पाण्डे, दाङ १ बाट मेटमणि चौधरी, दैलेखबाट अम्मरबहादुर थापा, सल्यानबाट प्रकाश ज्वाला, डोटीबाट प्रेमबहादुर आले र बझाङबाट     भानुभक्त जोशीले अग्रता लिइरहेका छन्।  जसअनुसार अध्यक्ष नेपालले २४ हजार २९६ मतसहित अग्रता लिइरहेका छन्। उनलाई नेकपा एमालेका अजयकुमार गुप्‍ताले १९ हजार २३१ मतसहित पछ्याइरहेका छन्। 

त्यस्तै धादिङ १ मा राजेन्द्र पाण्डे १७ हजार ९६७ मतसहित अग्र स्थानमा छन्। उनलाई नेकपा एमालेका भूमीप्रसाद त्रिपाठीले १६ हजार ५ मतसहित पछ्याइरहेका छन्। त्यस्तै दाङ १ बाट मेटमणि चौधरी ८ हजार ७७२ मतसहित अग्र स्थानमा छन्। दोस्रो स्थानमा नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीको ६,०४९ मत रहेको छ। 
 
दैलेखबाट अम्मरबहादुर थापाले १५ हजार १५० मत पाएका छन् । उनीसँग नेकपा एमालेका रवीन्द्रराज शर्मा प्रतिस्पर्धामा छन्। शर्माले १४ हजार ९४२ मत पाएका छन्।  सल्यान-१ मा प्रकाश ज्वाला ३१ हजार १६८ मत ल्याई अग्रस्थानमा छन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाह १७ हजार २६२ मतका साथ दोस्रो स्थानमा छन्।

साथै डोटीमा पार्टीले उठाएको उम्मेदवार प्रेमबहादुर आले २२ हजार ९८५ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार गौरीकुमारी ओली १९ हजार १०६ मतका साथ दोस्रो स्थानमा छिन्। एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा पार्टीका उम्मेदवार भानुभक्त जोशी २५ हजार १९१ मत ल्याई अग्रस्थानमा छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ऐनबहादुर महर २४ हजार ४५१ मतका साथ दोस्रो स्थानमा छन्।

इलाम १ मा वरिष्ठ नेता झलनाथ खनाल पछि परेका छन्। उनी नेकपा एमालेका महेश बस्नेतसँग पछि परेका हुन्। बस्नेतको १० हजार २८७ रहेको छ भने खनाल ८ हजार ७८० मतसहित पछ्याइरहेका छन्। 

मकवानपुर-२ मा पार्टीका उम्मेदवार विरोध खतिवडा दोस्रो स्थानमा छन्। उनी नेकपा एमालेका महेशकुमार बर्तौलासँग प्रतिस्पर्धामा छन्। बर्तोलाले २१ हजार ८४४ मत पाउँदा खतिवडाले २० हजार २६७ मत पाएका छन्। 

सिरहा-४ मा पार्टीका धर्मनाथप्रसाद साह उम्मेदवार छन्। उनले जनता समाजवादीका वीरेन्द्रप्रसाद महतोसँग प्रतिस्पर्धा गर्दैछन्। महतोले ९५१२ मत पाउँदा एकीकृत समाजवादीका साहले ६०९२ मत पाएका छन्। 

धनुषा २ मा पार्टीले रामचन्द्र झालाई उम्मेदवार बनाएको छ। उनी एमालेका उमाशंकर अरगरिया र नेपाली कांग्रेसका रामकृष्ण यादवभन्दा पछाडि छन्।
 
अरगरियाले ८५२७ मत पाउँदा कांग्रेसका यादवले ८३४२ मत पाएका छन्। रामचन्द्र झा तेस्रो स्थानमा छन्। उनले ७१३१ मत पाएका छन्।  कास्की २ मा पार्टीले श्रीनाथ वराललाई उम्मेदवार बनाएको छ। उनी मतगणनामा तेस्रो स्थानमा छन्। एमालेकी विद्या भट्टराई १३ हजार १०१ मतसहित अग्र स्थानमा छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले १० हजार ४०७ मत र बरालको ७ हजार ७५६ मत ल्याएका छन्। रामेछापबाट एकीकृत समाजवादीका देवशंकर पौडेल ३३ मतसहित सातौं स्थानमा रहेका छन्। साथै  एकिकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेय  पाल्पा क्षेत्र-२ मा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेसँग प्रतिस्पर्धामा छन्। गैरे १३५४३ मत ल्याई अग्रस्थानमा छन् भने पाण्डेय १०३७७ मतका साथ दोस्रो स्थानमा छन् । 

यस्ता छन् पराजित उम्मेदवार

एकीकृत समाजवादीका जना उम्मेदवार पराजित भएका छन्। काठमाडौं –८ बाट जीवनराम श्रेष्ठ ४८७७ मत पाएर पराजित भएका छन्। यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका थिए। 

यस्तै, उदयपुर- २ मा नेकपा एकीकृत समाजवादीका जगन्नाथ पराजित बने। उनले १२ हजार ८९३ मत पाएका थिए। उक्त क्षेत्रबाट एमालेका अम्वरबहादुर रायमाझी विजयी भएका थिए। ललितपुर २ मा कृष्णलाल महर्जन ८२६४ मतसहित पराजित बन्न पुगे। उक्त क्षेत्रमा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए। 

गुल्मी-२ मा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पराजित भएकी छन्। उनी एमाले सचिव गोकर्णराज विष्‍टसँग पराजित भएकी हुन्। विष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाएकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.