|

इलाम  : जिल्लाको १ नम्बर क्षेत्रमा रोकिएको मतगणना सुचारु गर्ने सहमति भएको छ। विभिन्न राजनीति दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरुबीच सर्वदलीय बैठकबाट मतगणना सुचारु गर्ने सहमति भएको हो।

सहमतिपत्रमा नेकपा एमालेका होम कार्की र युवराज बाशिष्ठ, नेपाली कांग्रेसका देवेन्द्र सुवेदी, माओवादी केन्द्रका देवी प्रसाद उप्रेती, मंगोल नेशनल अर्गनाइजेसनका राजन चाम्लिङ र स्वतन्त्र विक्रम पाण्डेले हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा लेखिएको छ। ‘ मतगणना सम्बन्धमा निर्णय गर्दा अवरुद्ध भएको मतगणना कार्य दिउँसो ४:३० बजे मतगणना गर्ने निर्णय गरियो। उक्त समयमा मतगणना प्रतिनिधि पठाउने निर्णय गरियो।’ सर्वदलीय बैठकमा सहभागि भए पनि नेकपा एकीकृत समाजवादीका प्रतिनिधिले हस्ताक्षर गरेका छैनन्।

इलाम–१ मा २३ हजार ८ सय ६५ मतगणना सकिएको छ। सार्वजनिक भएको नतिजाअनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.