|

रौतहट : रौतहट निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार प्रभु साह निर्वाचित भएका छन्। साहले निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरेका छन्।

साहले यस क्षेत्रबाट निरन्तर जित्दै आएका छन्। उनको यो चौथो जित हो। २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन्।

निर्वाचन अधिकृत मेघनाथ चापागाईंका अनुसार साह ३२ हजार ४३७ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २०० मत पाए। माओवादी केन्द्रका रवीन्द्र पटेल (धीरज)ले ८ हजार ५५८ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.